Tuesday, September 12, 2017

ब्याक टु ब्याक मलिना



मिस नेपाल–२०११ हुन्— मलिना जोशी । मिस नेपालको उपाधि जितेर चलचित्रमा सक्रिय रहने एक मात्र सुन्दरी पनि उनै हुन् । यद्यपि मलिनाले हालसम्म सफल चलचित्र भने दिन सकेकी छैनन् । यो अवधिमा मलिनाले झन्डै एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन्, तर तीमध्ये कुनै पनि चलचित्रले व्यवसायिक सफलता हासिल गर्न सकेका छैनन्, न त ती चलचित्रको भूमिकामार्फत मलिना दर्शकको नजरमै परेकी छिन् ।
यति हुँदाहुँदै पनि मलिनाले नयाँ–नयाँ चलचित्रमा अभिनय गर्ने अवसर पाइरहेकी छिन् । केही अघि मलिनाले अभिनय गरेको चलचित्र संरक्षण प्रदर्शन भयो । आगामी शुक्रबार उनी रमेश कोइरालाद्वारा निर्देशित चलचित्र लीलामार्फत दर्शकमाझ आउँदैछिन् ।
कात्तिक २ गते उनैले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र रानी प्रदर्शन हुँदैछ । अहिले पनि उनको हातमा केही चलचित्र छन् । यसबीच सुन्दर मुहार तथा आकर्षक शारीरिक बनावटकी मलिनाले चलचित्र लीलाबाट आफूले सफल अभिनेत्रीको छवि बनाउने दाबी गरेकी छिन् । उनको कुरा कत्तिको सही हुने हो एक सातापछि छर्लङ्ग हुनेछ ।   


No comments:

Post a Comment