Tuesday, September 12, 2017

अनुपविक्रम शाहीको नजरमा

                                          


                                               



अनुपविक्रम शाहीको नजरमा           

                                                                                            

नायक   दयाहाङ राई 
मैले उहाँसँग चलचित्र वीरविक्रममा काम गरेको छु । दयाहाङ एकदमै मिलनसार र असल मान्छे हुनुहुन्छ । 
निखिल उप्रेती 
धेरै मेहनती हुनुहुन्छ । हामीले चलचित्र किङमा सँगै काम गरेका छौं । 
नाजिर हुसैन 
नाजिर भाइ एकदमै रमाइलो हुनुहुन्छ । हामीले चलचित्र वीरविक्रममा धेरै रमाइलो गरेका थियौं । 
 नायिका 
सन्ध्या केसी 
मेरो मिल्ने साथी हो उहाँ । मेरो नयाँ चलचित्र कमलेको विवाहमा हामीले सँगै काम गरेका छांै । 
मलिना जोशी 
पूर्व मिस नेपाल मलिना जोशी सुन्दर नायीकामध्ये एक हुनुहुन्छ । हामीले थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा सँगै काम गरेका छौ । 
बेनिशा हमाल 
चलचित्र किङमा हामीले सँगै काम गरेका छौं । उहाँ हाँसिरहने, रमाइलो र मिल्ने साथी हुनुहुन्छ । निर्देशक 
प्रसन्न पौड्याल
मेरो नजिकको मिल्ने मान्छे । उहाँको निर्देशनमा मैले फरक भूमिका र गेटअप ट्राई गरेको छु । जुन चाँडै चलचित्र कमलेको बिहेमार्फत दर्शकहरूले हेर्न पाउँनु हुनेछ । 
मिलन चाम्स
मेरो करियरलाई टर्न गराउने व्यक्ति हुनुहुन्छ— मिलन चाम्स । उहाँको निर्देशनमा मैले चलचित्र हँसिया तथा वीरविक्रममा काम गरेको छु । 
सबिर श्रेष्ठ
म उहाँको निर्देशनमा चलचित्र किङमा खलपात्रको भूमिकामा प्रस्तुत भए । श्रेष्ठ मिलनसार एवं केयरिङ स्वभावको हुनुहुन्छ ।

                                                                                                                              post by kantipur news

No comments:

Post a Comment