Monday, September 18, 2017

चर्चा राष्ट्रिय भाउजूको

चलचित्र ‘दुई रुपैयाँ’ को कुटुमा कुटु तथा ‘छक्का पञ्जा–२’ को गीत एवं ट्रेलरपछि राष्ट्रिय भाउजू अर्थात् स्वस्तिमा खड्काको चर्चाका साथै व्यस्तता पनि चुलिएको छ ।
निश्चल बस्नेतलाई चलचित्र क्षेत्रमा चाख राख्नेदेखि लिएर पछिल्लो पुस्ताका चलचित्रकर्मीहरूले दाजु भन्ने गरेकाले उनकी श्रीमती स्वस्तिमालाई भाउजू भन्ने गरेका छन् । सबैले भाउजू भन्ने भएपछि स्वस्तिमालाई राष्ट्रिय भाउजू भन्न थालिएको बुझिन्छ । राष्ट्रिय भाउजू भनिदाँ स्वस्तिमा खुसी पनि हुन्छिन् ।
हाल कुनै नयाँ चलचित्रमा अनुबन्ध नभए पनि यी राष्ट्रिय भाउजू म्युजिक भिडियोमा भने व्यस्त छिन् । यिनै राष्ट्रिय भाउजू शिव परियारको नवीनतम म्युजिक भिडियो मेरो मायालेमा पनि नाचेकी छिन् । उक्त म्युजिक भिडियोको कमेन्ट बक्समा राष्ट्रिय भाउजू स्वस्तिमा खड्काकै बढी चर्चा छ । 

No comments:

Post a Comment